संजय कुशवाहा / नवलपरासी २३ फागुन
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ गुठी सुर्यपुरामा दुइटा बेवारिसे पुरूषको शव भेटिएको छ । सोमबार दिउँसो गुठी सुर्यपुरामा पावर हाउसको अगाडि मुख्य पश्चिमी गण्डक नहरमा शव बगिरहेको अवस्थामा स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरे पछि प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो ।
नहरमा भेटिएका एक मृतकको खल्तिबाट भारतीय आधार कार्ड भेटिएको हो । मृतकको खल्तीमा रहेका अधार कार्ड अनुसार भारतको गोरखपुर बस्ने वर्ष ४५ का कमलेश भन्ने पहिचान खुलेको छ ।
सोही ठाउँमा भेटिएका अर्को मृतक अन्दाजी ३० वर्ष रहेका मृतकको पहिचान हुन सकेको छैन ।
शव बारे थप अनुसन्धान भईरहेको र दुबै शवलाई पोस्टमार्टमको लागी पृथ्विचन्द्र जिल्ला अस्पताल परासी पठाईएको सशस्त्र प्रहरी बल गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक संतोष खरेलले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

