२३ फागुन, काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल भनेपछि हुरुक्कै हुन्छन् । नेपालप्रति उनको सदासयता विभिन्न अवसरमा देख्न सकिन्छ । भूकम्पछि उनले नेपालीको पीडामा मल्हम लगाउन लामो ब्लग पनि लेखेका थिए ।
अमिताभका पिता हरिवंश राय बच्चन कुनैबेला नेपालका लागि भारतीय राजदूत समेत थिए । बुबाको काठमाडौंको पोस्टिङको बेलादेखि अमिताभमा नेपालप्रति विशेष लगाव छ ।
गएराति अमिताभले इन्स्टाग्राममा नेपाली ढाकाटोपी लगाएको तस्वीर सेयर गर्दै नेपाली प्रशंसकको मन जित्ने प्रयास गरेका छन् । ‘केटीको केटीको’ क्याप्सनसहित उनले नृत्य गर्न लागेको तस्वीर सेयर गरेका हुन् ।
अहिले नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्डमा छायांकन भइरहेको बलिउड फिल्म ‘उचाइ’को सुटिङ सेटमा अमिताभले नेपाली ढाकाटोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ ।

केही महिना पहिले नेपालमै सुटिङ भएको यो फिल्मको बाँकी छायांकन नेपालीभाषी बहुल उत्तराखण्डमा छायांकन भइरहेको छ । स्वास्थ्य अवस्थाको कारण नेपाल आउन नसकेपनि उत्तराखण्डमा चाहिं अमिताभ पुगेका हुन् । सुरज वर्जत्यको निर्देशन रहेको यो फिल्ममा अनुपम खेर, बोमन इरानी लगायतको समेत अभिनय छ । तर तस्वीरमा चाहिं अमिताभले फिल्मबारे खुलाएका छैनन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

