Rashtriya Dainik

कपिलवस्तु जिल्ला अध्यक्ष जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश

कपिलवस्तु, फागुन २३

कपिलवस्तु जिल्ला महाराजगंज नगरपालिका वडा नं ९ तेनुवा बस्ने मोहम्मद हई मुसलमान आज जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेका छन् l

जनता समाजवादी पार्टी नेपालका कपिलवस्तु जिल्लाको युवा संघका अध्यक्ष तथा जसपा नेपाल महाराजगंज नगर कमिटी अध्यक्ष समेत रहेका मोहम्मद हई मुसलमान सबै पद त्यागेर जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गरेका छन् l

कपिलवस्तु जिल्लामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी नेपाल तर्फ जनता आकर्षित भइ रहेको हजारौं व्यक्ति हरू पार्टी प्रवेश गरिसकेका छन् l यस पार्टी ले किसान लगायत सम्पूर्ण जनताको हितमा काम गर्ने जन विश्वासका साथ पार्टीमा प्रवेश गर्नेको लहर बढेको छ l

जनता प्रगतिशील पार्टी नेपालको कपिलवस्तुमा उपाध्यक्ष फरहान खान तथा महासचिव ईश्वर दयाल मिश्रको गृह जिल्ला रहेकाले समेत रहेकाले जनता प्रगतिशील पार्टी नेपालको प्रभाव बढी रहने जन विश्वास रहेको छ l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित