उमेश बि.क / नवलपरासी , २३ फाल्गुन
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ६ मधवलियामा फाल्गुन २७ गते शुक्रबार निशुल्क अाँखा शिविर हुने भएको छ ।

Partners For Equity को आर्थिक सहयोगमा तथा अलहुदा मानव सेवा संस्था एवं डा. बिनाेद निता कण्डेल अाँखा अस्पताल परासीकाे संयुक्त अायाेजनामा निशुल्क अाँखा शिविर हुने अलहुदा संस्थाका अध्यक्ष अताउर रहमानले जानकारी दिनुभएको छ।

अाँखा शिविर यहि फागुन २७ गते शक्रबारको दिन सरावल गाउँपालिका वडा नं. ६ मधवलिया अवस्थित मदरसा नुरूल उलुममा बिहान ९ बजेदेखि २ बजेसम्म बिरामी दर्ता गराइ करिब ५ बजेसम्म चेकजाँच गरिने अध्यक्ष रहमानले जानकारी दिनुभएको हाे।
निशुल्क अाँखा शिविर हुने भएको हुदा मोतियाबिंद एवं अन्य अाँखाका समस्या भएका सबैले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउन अध्यक्ष रहमानले अनुरोध गर्नुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

