Rashtriya Dainik

नवलपरासीमा १ लाख भन्दा बढीको अवैध मालसामान बरामद

देशबन्धु यादव / नवलपरासी २२ फागुन

पश्चिम नवलपरासीमा आइतबार दिउँसो भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेका लेडिज काटा, चियादानी, कानमा लगाउने टप, साबुन दानी, टिकी, कानबाली, गिलास, मख (जग),कप लगायतका बिभिन्न अवैध मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं. २ भक्सिपुर स्थितबाट बरामद गरेको छ । बरामद मालसामानको करिब १ लाख ४० हजार ५ सय ५५ मुल्य बराबर रहेको छ ।

उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेका थिए । बरामद सामान आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित