Rashtriya Dainik

गोसिया जामा मस्जिदको समुदघाटन कार्यक्रम सम्पन्न

जितेन्द्र गुप्ता / नवलपरासी , २२ फाल्गुन

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ कुशमामा अवस्थित गोसिया जमा मस्जिदको समुदघाटन कार्यक्रम सम्पन्न भएको हाे।

ज्ञासदीन अंसारीकाे अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य देबेन्द्र राज कण्डेलकाे प्रमुख अातिथ्यतामा मस्जिदको समुदघाटन भएको हाे ।

बर्साै पहिला सिलन्यास भएको गोसिया जामा मस्जिद सांसद कंडेलको पहलमा निर्माणको काम सम्पन भई अाइतबार वहाँको हातबाट समुदघाटन गारिएको छ ।

गोसिया जामा मस्जिदको समुदघाटन कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद कण्डेलले मस्जिद निर्माण एक ठुलाे सामाजिक र धार्मिक काम भएकोले यसमा सरिक हुन पाउदा खुशि लागेको बताउनु भयो । अाफु हिन्दु धर्म सुवेच्छुक भएतापनि मुस्लिम धर्मावलम्बीको साेच र चाहना अाफ्नाे लागि ठुलो प्राथमिकताकाे विषय भएको बताउदै मस्जिद निर्माणले मुस्लिम र हिन्दुकाे सम्बन्ध थप प्रगाढ हुने विश्वास ब्यक्त गर्नुभएको थियाे ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयशवाल ,पाल्हीन्दन गाउँपालिका उपाध्यक्ष पाबित्री कोहार , हाजी अलाउद्दीन अंसारी,नेपाली कांग्रेस पाल्हिनन्दन गाउँपालिका सभापति हरिहर चौहान लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियाे ।

गोसिया जामा मस्जिदको समुदघाटन कार्यक्रममा फजलु रहमानले स्वागत मंतव्य राख्नुभएको कार्यक्रमकाे सन्चालन तारेंद्र वर्माले गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित