Rashtriya Dainik

ब्यवसाय अभिलेख ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,२२ फाल्गुन

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ कुस्मामा ब्यवसाय अभिलेख ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम शनिबार सम्पन्न भएको छ ।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरकाे सहयोगमा तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुनर्जीवित परियाेजनाबाट उक्त तालिम सन्चालन गरि सम्पन्न गरिएको हाे ।

तालिममा पाल्हिनन्दन गाउँपालिका वडा नं. १ देखि ६ अन्तर्गत १९ जना किराना , नास्ता , सिलाइ कटाइ , तरकारी , सैलुन लगाएतकाे ब्यवसायिहरकाे सहभागीता रहेको रिकाेभ परियाेजना परियाेजना संयाेजक सबिना रेग्मीले जानकारी दिनुभएको हाे ।

तालिममा ब्यवसाय अभिलेख राख्न , अार्थिक काराेबार मापन गर्न ,हिसाबकिताब राख्न ,घाटानाफा पता लगाउन , ब्यवसाय दर्त गर्ने प्रक्रिया लगाएतकाे विषयमा प्रशिक्षण गरिएको परियाेजना संयाेजक रेग्मीले जानकारी दिनुभएको हाे।

तालिमको सहजिकरण राम नगिना गुप्ताले गर्नुभएको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित