संजय कुशवाहा / नवलपरासी फागुन २२
नवलपरासी (पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा न. ७ सुर्यपुरामा अवस्थित यस शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले यस संस्थाको सेयर सदस्यको सुत्केरी हुँदा बापत २ हजार पाँच सय नगद दिने निर्णय पारित गरेअनुसार प्रतापपुर गाउँपालिका वडा नम्बर ९ बेलाटारी निवासी यस संस्थाको सेयर सदस्य ( सदस्यता नं. ००१००२८२८) सितावी नेशा सुत्केरी भएकोमा संस्थाको कर्मचारी सहित संस्थाको बेलाटारी सेवा केन्द्र प्रमुख निजको घरमा गई बधाईको कामना गर्दै सुत्केरी स्याहार खर्च बापत रू २ हजार पाँच सय प्रदान गरिएको संस्थाका व्यवस्थापक दिनेश कुमार कुर्मीले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

