कपिलवस्तु, फागुन २२
कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं ५ बलुहवा बस्ने
श्रवण कुमार उपाध्याय ( राजन उपाध्याय) जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् l
पेशाले कानुन व्यवसायी रहेका उपाध्याय लाई आज जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्रले उहाँ लाई केन्द्रीय सदस्यमा मनोनीत भएको केन्द्रीय अध्यक्ष हृदेयश त्रिपाठी हस्तारिक्षत पत्र हस्तांतरण गरेका छन् l
कम समयमा नै कपिलवस्तु जिल्लामा जनता प्रगतिशील पार्टी नेपाल जन समुदाय माझ लोकप्रिय बन्दै गएको र
विभिन्न पार्टीका वडा, पालिका,जिल्ला तथा केन्द्र स्तरीय नेताहरु सम्पर्कमा रहेको र जनता प्रगतिशील पार्टी नेपालमा सामेल हुन समेत सक्ने जनाईएको छ l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

