Rashtriya Dainik

सियारी प्रथम अध्यक्ष कपमा हाटी अमवा र दुर्गा युवा क्लब फाइनलमा प्रवेश

तुलसीराम पौडेल
सियारी,फाल्गुन २१

रुपन्देहीको सियारी गाउपालिका स्थित सियारी खेलकुद समितिको आयोजनामा संचालित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तरगत शनिबारको पहिलो सेमिफाइनल खेल हाटी अमवा युवा क्लब भर्सेस ध्रुवतारा युवा क्लब बीच प्रतियोगिता भएको थियोे ।
प्रतियोगितामा हाटी अमवा युवा क्लब शुन्यका विरुद्ध १ गोलको अन्तरले बिजयी भैइ फाइनलमा प्रवेश गरेको छ।
।दोस्रो हाफको ३४ औ मिनेटमा हाटी अमवा युवा क्लबका जर्सी नम्बर २ का अनिल केवटले १ गोल गरि टिमलाई बिजय गराएका थिए।
शनिबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेल अमवा युवा क्लब A भर्सेस दुर्गा युवा क्लब बिच प्रतियोगिता भएको थियो । प्रतियोगितामा दुर्गा युवा क्लबले शुन्यका विरुद्ध २ गोलको अन्तरले अमवा युवा क्लबलाई पराजित गरि फाइनलमा प्रवेश गरेको छ।
दुर्गा युवा क्लबका जर्सी नम्बर ९ का तारासिह थापाले पहिलो हाफको १९ औ मिनेटमा पहिलो गोल गरेका थिए ।त्यसै गरि दोस्रो हाफको २३ औ मिनेटमा दुर्गा युवा क्लबका जर्सी नम्बर ३ का रिजन पुनले टिमको लागि दोस्रो गोल गरि टिमलाई बिजय गराएका थिए ।
सोमबारको अन्तिम फाइनल खेल हाटी अमवा युवा क्लब भर्सेस दुर्गा युवा क्लब बीच हुने र समापन कार्यक्रम रहने खेल संयोजक दुर्गा न्यौपानेले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित