Rashtriya Dainik

मर्यादित महिनावारी स्वच्छता सम्वन्धि सचतनामुलक कार्यक्रम सम्पन्न

उत्तमकुमार थापा /बझाङ
छविस पाथिभरा गाउँपालीकामा मर्यादित महिनावारी सम्वन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
ग्रामीण जलस्रोत व्यावस्थापन परियाेजना छविस पाथिभरा गाउँपालीकाकाे आयाेजनामा सचेतनामुलक सास्कृतिक कार्यक्रम सम्पन्न भएको हाे । परियाेजनाले खानेपानी महिनावारी,विद्यालय सेनेटरी प्याड सहित विभिन्न कार्यक्रम सँगै समाजमा गित साँङगितबाट झल्काउने उदश्यले कार्यक्रम आयाेजना गरेको कर्मचारी भेषराज उपाध्यायले बताउनु भयाे ।

कार्यक्रममा महिला पुरुष शिक्षक विद्यार्थी ,स्वास्थ्यकर्मी समाजसेवी स्वायमसेवीका लगाएतकाे उपस्थिति रहेकाे थियाे । ग्रामीण जलस्रोत परियाेजनाले आयाेजना गरेकाे कार्यक्रममा गाउँपालीका उपाध्यक्ष राधिका रतालाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका अध्यक्ष अक्कल धामी विशिष्ट अतिथि ग्रामीण जलस्रोत व्यावस्थापन परियाेजना डडेल्धुराका डेपुटी टिम लिडर नारायण वाग्ले विशिष्ट अतिथि गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन बहादुर ऐडी लगाएत जनसमुदायको उपस्थिति रहेकाे थियाे । जनचेतनामूलक सास्कृतिक कार्यक्रममा सुदुरपश्चिमकी ढुकढुकी तथा सेलिव्रेटी रेखा जाेशीले गितकाे शन्देस बाट सबैलाई सचेतना जगाउनु भएको थियाे । महिला दिदीबहिनीहरुले महिनावारी भएको वेला कहाँ बस्ने कसरी बस्ने लगाएत खानेपानी विद्यालयमा भएको विभिन्न चेतनामूलक कार्यक्रमकाे शन्देश प्रवाह गर्नुभएको ग्रामीण जलस्रोत परियाेजनाका छविस प्रमुख भेषराज उपाध्यायले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित