Rashtriya Dainik

पालिका बासिलाई रगत र आँखा अप्रेसन निशुल्क दिदै सरावल गाउँपालिका

उमेश बि.क / नवलपरासी,२१ फाल्गुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले गाउँपालिका बासि नागरिकलाई रगत र आँखा अप्रेसन सेवा निशुल्क दिदै अाइरहेकाे छ ।

सरावल गाउपालिका भित्रका आँखाका समस्या हुने ब्यक्तिलाई निशुल्क अप्रेसनको तथा निशुल्क रगतको ब्यवस्था गरेर सरावल गाउँपालिकाले अर्को समाजिक अभियान शुरु गरेको छ ।

साे अभियान २०७६ देखि सुरु गरि पुनह २०७८ मा निरन्तरता दिइएकाे गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको हाे ।

जसअन्तर्गत २०७८ पुस सम्ममा आँखा अप्रेसन १८३ जना र 45 जना रगतबाट लाभान्वित भएको गाउँपालिका स्वास्थ्य शाखा सह संयाेजक खेम खनालले जानकारी दिनुभएको हाे।

विगत बर्षमा विभिन्न आँखा तथा स्वास्थ्य शिविरका कार्यक्रम गर्दै आएको सरावल गाउँपालिकाले गाउँपालिका भित्रका सबै आँखा सम्बन्धि समस्या हुने नागरिकलाई निशुल्क आँखा अप्रेसन गराउने र रगत आवश्यक पर्नेलाई निशुल्क रगतको ब्यवस्थापन गाउँपालिकाले २०७६ देखि सुरु गरेको हो ।समाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै आएको गाउँपालिकाको यस्तो कार्यले स्थानिय उत्साही भएका छन् ।

बेला बेला आँखा तथा स्वास्थ्य शिविरका कार्यक्रम गाउपालिकाले गर्दै आएको थियो,तर त्यसले मात्र सबैलाई लाभ पुर्याउन सकेको थिएन् ।आवश्यक परेको बेला सहयोग नपाउने र आँखा अप्रेसन गराउनका लागि शिविर कुर्नु पर्ने समस्या थियो । त्यही समस्यालाई मध्य नजर गर्दै गाउपालिकाले सरावल गाउपालिका भित्रका नागरिकलाई जो जति बेला आए पनि निशुल्क सेवा पाओस भनेर यस्तो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको हाे ।

आँखाको अप्रेसन गर्न परेमा सदरमुकाम परासी स्थित डा.विनोद निता कण्डेल आँखा अस्पतालसंग र रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाईटी नवलपरासीको ब्लड बैंकसंग सम्झौता गरेका छौ, उनले भने, गाउँपालिकाको सिफारिस सहित गएमा रगत निशुल्क पाउने र आँखाको अप्रेसन पनि जति खेर पनि निशुल्क पाउने छन् । त्यसको भुक्तानी गाउँपालिकामा ति संस्थाले माग गरे पछि भुक्तानी दिइने छ ।

पहिला शिविर सञ्चालन गर्दा सरावल गाउँपालिका बाहिरका पनि ब्यक्ति आउने हुदा आफ्नै नागरिक छुट्ने र बाहिरका थपिदा आर्थिक भार पर्ने अवस्था थियो ।तर यस्तो ब्यवस्थान गरेमा गाउँपालिका भित्रका नागरिकले आफ्नो अनुकुल जतिखेर पनि सेवा पाउने भएका छन्, उनले थपे, जेष्टनागरिक लगायत लक्षित बर्गका लागि अन्य सेवा यथावत नै छ । यो सेवा गाउँपालिकाबासीका लागि हो । यसले नागरिकलाई स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याउनेमा गाउँपालिकाले विश्वास लिएको छ ।

अगामी दिनमा समाज कल्याणका अन्य कार्यक्रमहरु थपिदै जाने उनले बताए । यो निशुल्क रगत र आँखाका अप्रेसन सेवालाई शिविर र समय कुर्नु पर्ने अवस्था अब रहेन्, जति खेर समस्या आयो,वडाको सिफारिस लिएर गाउँपालिकामा आउने र गाउँपालिकाले अप्रेसन गर्न परेमा आँखा अस्पताल र रगत चाहिएमा रेडक्रसमा निशुल्क प्रदान गर्नका लागि सिफारिस गरिदिन्छ । ति संस्थाले सिफारिसका आधारमा कुनै पनि शुल्क नलिई सेवा प्रदान गर्ने छन् । यसका लागि चालु आर्थिक बर्षको योजना कार्यक्रममा बजेट बिनियोजन गरि सकिएको छ, अध्यक्ष चौधरीले भने, कम भएमा पुनः रकम थप गर्नेछौ र यसलाई निरन्तरता दिदै लैजाने छौ । यस्को दुरुपयोग हुनबाट जोगाउनका लागि गाउँपालिकाले छुट्टै संयन्त्र पनि बनाउने सोचमा रहेको अध्यक्ष चौधरीले बताए । स्वास्थ्य शाखासंग बसेर त्यसबारे छलफल गरिने छ । शाखाको सुझाव अनुसार नै अनुगमन संयन्त्र बनाउने र कार्यान्वयनमा ल्याउने भनाई उनको थियो ।

गाउँपालिकाको यस्तो अभियानले गाउँपालिका र गाउँकार्यपालिकाका पदाधिकारीहरुको प्रशंसा हुन थालेको छ । यो अति नै प्रशंसनिय कार्य भएको सरावल गाउपालिका ४ कै बासिन्दा समेत रहेका नेपाली काङ्ग्रेस सरावल सभापति बिनाेद कुमार पाण्डेयले बताए । यो अन्य गाउँपालिकाले सिको गरि लागु गर्नु पर्ने कार्यक्रम हो, उनले भने, संविधानले नागरिकका स्वास्थ्य सम्बन्धि मौलिक हकको प्रत्याभुत गराउने गरि स्थानिय सरकारले जिम्मेवारी बोध गरि यस्तो कार्यक्रम अन्यका लागि अनुकरणिय छ । नागरिक प्रति राज्यको कर्तब्य पालनाको उचित उदाहरण पनि भएको उनले बताएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित