Rashtriya Dainik

विद्यार्थीहरुलाई “आगलागी नियन्त्रण सम्वन्धी कक्षा संचालन गराउदै- किशमान तामाङ

बिरगंज २१ फागुन
जि.सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदहमा अवस्थित वी.पी स्मारक पव्लिक मा.वि मा अध्ययनरत कक्षा ९ र १० का अन्दाजी २०० जना विधार्थीहरुलाई “आगलागी नियन्त्रण सम्वन्धी जनचेतनामुलक अनुशिक्षण कक्षा” संचालन गरिएको छ
खाना बनाउने ग्यास सिलिन्डरमा अचानक आगो लागेमा , शरीरमा आगो लागेको खन्डमा , खाना बनाउने क्रममा डेक्चीमा आगो लागेमा यसलाई कसरी सजिलै नियन्त्रण गर्ने भन्ने बारेमा प्रयोगात्मक ( डेमो) गरेर देखाईएको थियो ।त्यसैगरि फायर बलले पनि आगो लागेमा यसले तत्काल केही राहत दिने , आगो नियन्त्रणमा मद्दत पुग्ने र घरवालालाई समयमा नै सचेत गराउने कार्य गर्ने सशस्त्र प्रहरी निरीक्षक किशमान तामाङले बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित