महेश सिंह सिरहा लहान २१ फाल्गुन – सिरहाको लहान नगरपालिका ७ स्थित अबस्थित रहेको ब्रम्हा कुमारी राज योग सेवा केन्द्र लहानले ८६ औं शिबरात्री दिवसको उपलक्ष्यमा लहानमा बिशाल शांन्ति यात्रा र कार्यक्रमको आयोजना गरेको थियो।
हरेक मानव प्रानी लगायत सबै प्रानीलाई शान्ति जरुरी रहेको भन्दै लहान बजार परिक्रमा गरेका थिए।सिर्जना दिदीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन कुमार दाहाल रहनु भएको थियो।परमात्माको चर्चा गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएका छन्।उक्त शान्ति कार्यक्रममा हजारौं ब्यक्तीहरुको कार्यक्रममा उपस्थिति रहेको बबिन बस्नेले जानकारी दिनु भयो।
प्रमात्मा संग मिलन मनाउन तथा सत्ययुगी दुनियाँमा देबी देउता पद पाउनका लागी नजिकै रहेको ब्रह्माकुमारी सेवा केन्द्रबाट अद्य्यात्मिक ज्ञान् र राजयोग सिकेर बर्तामान र भबिस्यलाई समाजमा शान्ति स्थापना गर्न हामी सबै मानवको दायीत्व रहेको छ्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

