अजय मिश्र, कपिलवस्तु , फल्गुन २०
जिल्लाकाे कृष्णनगर नगरपालिकामा एकैदिनमा दुई ठुला याेजना उद्घाटन गरिएकाे छ ।
पुर्व कृषि मन्त्री एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यकाे प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकाकाे दुई वडा ८ र ९ काे संयुक्त कार्यालय तथा सुरई खाेलामा झाेलुङ्गे पुलकाे एकैसाथ उद्घाटन गर्नुभएकाे छ ।
नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरभित्रका अधिकांश ठुलायाेजनाहरु निर्माण समपन्न भईसकेकाले उद्घाटन गरि सुचारु गर्न लागिएकाे बताउनुभयाे । नगरप्रमुख शाहले बहादुरगजमा संयुक्त वडा कार्यालय तथा डुमाई, पुरुषाेत्तमपुर लगायतका गाउंलाई नगर केन्द्र र लिंक राेड जाेड्ने सुरई खाेलामा बनाइएकाे झाेलुङ्गे पुल पनि संगै उद्घाटन गराई संचालनमा ल्याईएकाे बताए ।
हाल वडा ८ र ९ साविककाे बहादुरगंज गाविसकाे पुरानाे कार्यालय भवन जीर्ण बन्दै गएकाेले र वडा ८काे कार्यालय भाडामा संचालन रहेकाले संयुक्त वडा कार्यालय बनाइएकाे जानकारी याेजना प्रमुख साकिर अहमद शाहले जानकारी दिनुभयाे ।
उद्घाटन कार्यक्रमकाे संचालन राेजगार संयाेजक इश्वरि पाैडेलले गर्नुभएकाे थियाे भने नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम रायमाझी , क्षेत्रिय संयाेजक ब्रहम्मानन्द उपाध्याय, नगर सभापति देवानन्द शुक्ला, अजय उपाध्यय, गंगेश तिवारी लगायत वडाध्यक्ष संजय गुप्ता, तुङ्गनाथ चाैधरी तथा कार्यपालिका सदस्य , कर्मचारी र सर्वसाधारणकाे उपस्थिति थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

