संजय कुशवाहा/ नवलपरासी/२० फागुन
पश्चिम नवलपरासी प्रहरीद्वारा करिब २ लाख ४९ हजार ७ सय मुल्य बराबरको बिभिन्न अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।

भारतबाट भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १ लाख २४ हजार मुल्य बराबरको १२४० पिस बिभिन्न मोवाईलका कभर प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाँउपालिका वडा नं. ४ लुटपुरवाबाट बरामद गरेको छ ।
उक्त मोवाईल कभर मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।

त्यसैगरी भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको १ लाख २५ हजार ७ सय मुल्य बराबरको अवैध बोईलर कुखुरा, माछा तथा बिभिन्न मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ । जसमा ६१ हजार ९ सय मुल्य बराबरको बिभिन्न सजावटका सामान तथा १ सय किलो घाँसको विउ पाल्हीनन्दन गाँउपालिका वडा नं.२ स्थितबाट प्रहरीले बरामद गरेको हो भने ३५ हजार मुल्य बराबरको १ सय ४० किलो माछा पाल्हीनन्दन गाँउपलिका वडा नं. १ बड्की सुनरी स्थितबाट बरामद गरिएको हो ।
त्यसै गरी भारतबाट नेपाल तर्फ ल्याँदै गरेको करिब २८ हजार ८ सय मुल्य बराबरको अवैध बोईलर कुखुरा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाँउपालिका वडा नं. १ झरही खोला स्थितबाट बरामद गरिएको छ । उक्त मालसामान, बोईलर कुखुरा र माछा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।

बरामद बोईलर कुखुरा र माछा पशु क्वारेन्टाईन महेशपुरको रोहवरमा खाल्डो खनी पुरी नष्ट गरिएको छ भने अन्य मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाउने प्रकृया रहेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

