Rashtriya Dainik

यु एम एन द्वारा प्रतापपुर गाउँपालिकालाई डिजिटल डिस्प्ले बोर्ड हस्तान्तरण

संजय कुशवाहा / नवलपरासी /२० फाल्गुन

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकालाई डिजिटल डिस्प्ले बोर्ड हस्तान्तरण गरिएको छ।

इन्द्रेणी सामाजिक विकास मंच र युनाइटेड मिसन टु नेपालकाे सहयोगमा पालिका अन्तर्गतकाे सुचनाहरू सम्पादनमा सहज गराउने उद्धेश्यले डिजिटल डिस्प्ले बोर्ड हस्तान्तरण  गरिएको युनाइटेड मिसन टु नेपालकाे तालिम अधिकृत बालकृष्ण पाण्डेयले जानकारी दिनुभएको हाे।

डिस्प्ले बोर्ड लिदै प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चाैधरीले युनाइटेड मिसन टु नेपालले समुदायमा निकै उदाहरणीय काम गरेको प्रशंसा ब्यक्त गर्नुभएको थियाे । जनताकाे दुखसुखमा समाबेश भइ समाज परिवर्तन गर्न लागिरहेको र काेभिडकाे समयमा पनि थुप्रै सामाग्री सहयोग गरेको बताउदै बिपदकाे समयमा हातेमालो गर्दै पालिकाले लिइएको लक्ष्य परियोजना मार्फत पनि पूरा भइरहेको कुराकाे जिकिर गर्दै युनाइटेड मिसन टु नेपाललाई धन्यवाद दिनुभएको थियोे ।

डिजिटल डिस्प्ले बोर्ड हस्तान्तरण कार्यक्रममा युनाइटेड मिसन टु नेपालकाे लेखा अधिकृत – अपसरा श्रेष्ठ , इन्द्रेणीका लेखा अधिकृत – रविन्द्र सापकोटा लगाएतकाे उपस्थिति रहेको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित