बिरगंज २० फागुन
नेपाल कम्युनिष्ट पार्टी (नकेपा) माओवादी केन्द्र जिल्ला कार्य समिति प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ (ख) को संयोजक
सन्तोष पटेलले धोबिनी गाउँपालिकामा अध्यक्ष पदमा चुनाव लडने घोषणा गरेका छन।
पटकपटक देशको नेतृत्व परिवर्तन गर्ने र हरेक आन्दोलनमा सकृय भुमिका निर्वाह गरेका पटेलले त्यो आन्दोलनको औचित्य समाप्त भएको र मधेसवादी दलहरूले आन्दोलनलाई कुर्सीमा साटेर सत्ताधारीहरुसंग मिलेर पैसामा बेचेका छन।
त्यसैगरी पटकपटक देशको नेतृत्व गरेका नेपाली काङ्ग्रेस र नेकपा एमाले
ले संघीयताको नाममा भ्रष्टाचार र अनियमितता थुपार्ने कार्यमात्र गरेका छन। नेपाली जनताले दिएका मताधिकार बेचेर काठमाडौंमा घर किन्ने र आफ्नो आसेपासेलाई राजनीति संरक्षण दिने अनि भ्रष्टाचारलाई बढावा दिई देशलाई अध्यारोमा मात्र धकेलने कार्यमात्र गरेका छन्। अहिले भर्खर मात्र एमसिसी पास गरेर बिश्वमा शान्ति क्षेत्रको उपमा पाएका नेपाललाई द्वन्दमा पारेका छन्।
यस्ता किसिमको अनियमितता लाई पाखा लगाउने काम देशमा माओवादीले मात्र सक्ने र देशलाई अग्रगमनको बाटोमा डोर्याउन सक्ने शक्ति रहेको प्रष्ट पारेका छन। नेपाली काङ्ग्रेस विकल्प नेकपा एमाले र जसपाको विकल्प मधेसवादी दलहरू हुन सक्दैनन्। तर माओवादीले हिन्दू राष्ट्र र राजसंस्था स्थापना गरेर देशमा शान्ति ल्याउने नेता सन्तोष पटेलले दाबी गरेका छन्। अरु पार्टीलाई पटकपटक भोट दिनुभएको र यसपटक माओवादीलाई भोट दिएर एकमुष्ट सबै अवरोधलाई पाखा लगाउने मौका दिनुपर्छ भने आग्रह गरेका छ्न।
धोबिनी गाउँपालिकाको विकासको सवालमा कसैसंग पनि समझौता हुन सक्दैन भने दाबी समेत गरेका छन। धोबिनीमा सरकारी अस्पताल शिक्षा नाला र रोडको विकास गर्नुपर्ने जोड दिएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

