काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ ।
खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको निगमले जनाएको छ ।
साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ । यसअघि निगमले फागुन ७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । यसैगरी निगमले स्थायी कर्मचारीलाई दिँदै आएकाे पाेसाक संरक्षण भत्ता पनि स्थगित गरेकाे छ ।

निगमले मार्चमा इन्डियन आयल कर्पाेरेसनलाई भुक्तानी गर्न अपुग हुने साढे चार अर्ब मूल्य स्थिरीकरण काेषबाट उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

