Rashtriya Dainik

सियारीको प्रथम अध्यक्ष कपमा हाटी अमवा र न्यु मिलन युवा क्लब बिजयी

तुलसीराम पौडेल
सियारी,फाल्गुन १९

रुपन्देही सियारी गाउपालिका स्थित सियारी खेलकुद बिकास समितिको आयोजना फाल्गुन १६ गतेदेखि संचालित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तरगत बिहिवार सम्पन्न पहिलो खेलमा हाटी अमवा युवा क्लब र मोहनगन्ज युनाइटेड बीच प्रतियोगिता भएको थियोे ।प्रतियोगितामा हाटी अमवा युवा क्लब शुन्यका विरुद्ध ३ गोलको अन्तरले बिजयी भएको छ। हाटी युवा क्लबका जर्सी नम्बर २ का अनिल केवटले पहिलो हाफको २५ औ मिनेटमा र दोस्रो हाफको २५ औ मिनेटमा गरि दुई गोल गरेका थिए ।मोहनगन्ज युनाइटेडको जर्सी नम्बर २ का सुरज थापाले दोस्रो हाफको २३ औ मिनेटमा आत्माघाती गोल गरेका थिए ।
बिहीबार सम्पन्न दोस्रो खेलमा न्यु मिलन युवा क्लब र शिवज्योती सामाजिक केन्द्र बीच प्रतियोगिता भएको थियोे। प्रतियोगितामा न्यु मिलन युवा क्लब शुन्यका विरुद्ध ३ गोलको अन्तरले विजयी भएको छ।
पहिलो हाफको २१ औ मिनेटमा न्यु मिलन युवा क्लबको जर्सी नम्बर १५ का अतीत सावतले पेनाल्टी मार्फत पहिलो गोल र दोस्रो हाफको १२ औ मिनेटमा जर्सी नम्बर ११ का सन्तोष थापाले सोही टिमको लागि दोस्रो गोल गरेका थिए । सोही टिमकै जर्सी नम्बर ८ का रुबिन बिकले दोस्रो हाफको ३३ मिनेटमा टिमको लागि तेस्रो गोल गर्न सफल भएका थिए ।
शुक्रबारको पहिलो खेल अमवा युवा क्लब B भर्सेस ध्रुव तारा शान्ति युवा क्लब बीच र दोस्रो खेल अमवा युवा क्लब A बिच प्रतियोगिता हुने खेल संयोजक दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित