पश्चिम नवलपरासीको सरावल २ अत्रहटीमा ४८ अाैँ महाशिवरात्री मेला महाेत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
नवलपरासीकै प्रसिद्ध महा शिवरात्री मेलाकाे रुपमा परिचित महाशिवरात्री मेला ब्यवस्थापन समितिको आयोजनामा विशेष साँस्कृतिक कार्यक्रम भएको हो।

महाशिवरात्री मेला ब्यवस्थापन समितिको अध्यक्ष दिपक प्रसाद रायकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको सांस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यसहित महाशिवरात्रीमा सांस्कृतिक कार्यक्रम अयोजना गर्नु आफैंमा महत्वपूर्ण रहेको बताए। साथै संस्कृतिमैत्री विकासका कार्यक्रमहरुले मात्र स्थानीयलाई विकासको अपनत्व महशुस गराउने भएकाले समाज परिर्वतनमा कला संस्कृतिले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष चाैधरीको भनाई छ।

सांस्कृतिक कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय , नेपाली काङ्ग्रेस सचिव कुल्दिप अाचार्य , वडा नम्बर २ वडा अध्यक्ष सम्भु प्रसाद चाैधरी विशेष आतिथ्यता रहेको थियो।

विशेष सांकृतिक कार्यक्रममा राष्ट्रिय गायक सरगम चाैधरी ,दिपेन चाैधरी , खेम चाैधरी ,सुमित बि.क ,माेडल रितु चाैधरी , प्रिया चाैधरी, किरन चाैधरी लगाएत स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो भने भक्तजन तथा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

