Rashtriya Dainik

सियारीमा प्रथम अध्यक्ष फुटबल प्रतियोगिता

तुलसीराम पौडेल —-
सियारी, फाल्गुन १८

रुपन्देहीको सियारी गाउपालिका -७ कनरी खेल मैदानमा प्रथम अध्यक्ष फुटबल विभिन्न टिमहरु बिच प्र
तिस्पर्धा भैरहेको छ।सियारी खेलकुद समितिको आयोजनामा फाल्गुन १६ गतेदेखि संचालित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तरगत बुधबार पहिलो चरणको खेल अमवा युवा क्लब B र ध्रुव तारा शान्ति युवा क्लब बीच प्रतियोगिता भएको थियो ।प्रतियोगितामा अमवा युवा क्लब B ले दुइका विरुद्ध तीन गोलको अन्तरले अमवा युवा क्लब B ले ध्रुवतारा शान्ति युवा क्लबलाई पराजित गरि बिजय भएको थियो ।खेल शुरु भएको पहिलो हाफको ८ औ मिनेटमा ध्रुव तारा शान्ति युवा क्लबका जर्सी नम्बर १२ का मनिश क्षेत्रीले पहिलो गोल गरेका थिए ।२८ औ मिनेटमा अमवा युवा क्लब B जर्सी नम्बर ६ का खडक बहादुर थारूले गोल गरि बराबरी बनाएका थिए ।
३५ औ मिनेटमा ध्रुव तारा शान्ति युवा क्लबका जर्सी नम्बर ७ का सोभित पौड्यालले गोल गरि १ गोल बढी गराउन सफल भएका थिए तर दोस्रो हाफको २५ औं मिनेटमा अमवा युवा क्लब B का जर्सी नम्बर ६ का खडक बहादुर थारुले गोल गरि बराबरीमा पुर्‍याउन सफल भए ।
३५ औ मिनेटमा सोही टिमकै जर्सी नम्बर १४ का प्रेम थारूले थप गोल गरि टिमलाई बिजयी गराउन सफल भएका थिए ।
दोस्रो चरणको खेल अमवा युवा क्लब A र मिलनचोक -११ बीच प्रतियोगिता भएको थियोे ।प्रतियोगितामा अमवा युवा क्लब A ले शुन्यका विरुद्ध ६ गोलको अन्तरले मिनलचोक -११ लाई पराजित गरि बिजय भएको थियो ।
पहिलो हाफको १३ औं मिनेटमा अमवा युवा क्लब A का जर्सी नम्बर ५ का सुरोज गुप्ताले १३ औ मिनेटमा पहिलो गोल गरेका थिए । ,त्यसै गरि सोही टिमका जर्सी नम्बर ११ का बिश्वास गुरुङले १८ औ मिनेटमा ,जर्सी नम्बर ६ का टेकराज थारूले २२ औ र ३३ औ मिनेटमा ,जर्सी नम्बर १३ का रवि थापाले गोल गरेका थिए ।
दोस्रो हाफको २८ औ मिनेटमा अमवा युवा क्लबकै जर्सी नम्बर ११ का बिश्वास गुरुङले गोल गरेका थिए ।
बिहीबारको पहिलो चरणको खेल हाटी अमवा युवा क्लब भर्सेस मोहनगन्ज युवा क्लब बीच र दोस्रो चरणको खेल न्यु मिलन युवा क्लब कैलास नगर भर्सेस शिव ज्योती सामाजिक केन्द्र छपिया बीच हुने आयोजकले बताएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित