निजगढका चर्चित युवा श्याम साहले राजनैतिक यात्रा सुरु गरेका छन । उनी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रवेश गरेका हुन । प्रचन्ड निवास खुमलटारमा आयाेजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन । उनी राष्ट्रिय युवा परिषद मधेश प्रदेश संजाल संयोजक हुन् । रेडियो कार्यक्रम प्रस्ताेता तथा क्लबमार्फत समाजिक कार्यमा समेत सक्रिय छ रहेका उनी कानुनका विद्यार्थी हुन् । राजनिती र कानुन लाई समानन्तर रुपमा लैजाने उदेस्य साथ राजनितिमा प्रबेस गरेको साहले बताए।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बारा जिल्ला ईन्चार्ज डा.गाेपाल ठाकुर, केन्द्रीय सदस्य तथा पुर्वमन्त्री अजय शंकर नायक, मधेस प्रदेश कमिटी सदस्य तथा बारा जिल्ला संयाेजक क्षेत्रबहादुर श्रेष्ठ अनिल, प्रदेश कमिटी सदस्य राजन पाैडेल, वाइसियल केन्द्रीय एव् जिल्ला ईन्चार्ज देवनारायण साह, निजगढ नगर कमिटी सदस्य सन्ताेष दंगाल, सचिव रमेश अर्याल, आदर्शगाउँपालिका गाउँ कमिटी सचिव माे. इस्लाम अन्सारी, बारा-काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष विनाेद कृष्ण पाण्डे, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य महेश्वर अधिकारी लगायतकाे उपस्थिति रहेकाे कार्यक्रमको सहजिकरण प्रदेश कमिटी सदस्य रविराज दंगालले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

