Rashtriya Dainik

नेपाली काग्रेस परित्याग गरि वडा न.१७ का संजु छतकुलीको नितृत्वमा सयौको सङ्ख्यामा एमालेमा प्रबेश

बिरगंज / १८ फाल्गुन

नेकपा एमाले पार्टीमा अहिले देशव्यापी रुपमा विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।

दिनंहु एमालेको केन्द्र देखि जिल्ला सम्म पार्टी प्रवेश गराउनमा नेताहरु व्यस्त नै छन । बुधबार वीरगन्जमा आयोजित एक कार्यक्रममा बिच २ सय भन्दा बढि जनाले नेकपा एमालेमा प्रवेश गरेका छन ।
वीरगन्ज महानगरपालिका १७ अलौका युवा नेता सन्जु छतकुलीको नितृत्वमा २ सय भन्दा बढि जनाले काग्रेस , जसपा परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन ।

गत २०७४ सालको स्थानीय निर्वाचनमा जसपाबाट वीरगन्ज महानगरपालिका १७ का वडा अध्यक्षमा चुनाव लडेर झिन्नो मतले पराजित भएका छतकुली एमाले रोजेका हुन ।

पार्टी प्रवेश गर्दै नेता छतकुलीले एमाले जिताउनका लागी आफुहरुले सहयोग गर्ने विश्वास दिलाए । उनले पार्टीले योग्य ठानेर वडाअध्यक्षमा टिकट दिए लड्ने घोषणा गरे ।

वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौले होटेल रोयल पार्टीमा आयोजित गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, राजकुमार गुप्ता, नेताहरु विचारी यादव, विशम्भर शर्मा, बसरुदिन , राजेशमान सिंह, मुकेश द्विवेदी, अनुप तिवारी, संजीव मिश्रा, श्याम बन्जारा लगायतकाहरुको सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित