Rashtriya Dainik

नेकपा एस दुर्गाथली गा पा वडा न ५ र७ को वडाभेला चमलामा सम्पन्न

दोरेन्द्र खड्का बझाङ
आज नेकपा एकिकृत समाजवादी पार्टीको वडाभेला दुर्गाथली गाँउपालिकाको चमलामा सम्पन्न भएको छ । दुर्गाथली गाँउपालिका वडा नं ५ र ७ को वडा कमिटी भेला दुर्गाथली गाँउकमिटीका अध्यक्ष कुम्भराज देउडाको अध्यक्षतामा संञ्चालन भएको थियो । उक्त कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व बन मन्त्री भानुभक्त जोशी प्रमुख अतिथी रहनु भएको थियो ।
यस्तै कार्यक्रममा प्रदेश कमिटी सदस्य अम्मराज धामी, गौरी प्रसाद सोती, जिल्ला कमिटी अध्यक्ष इन्द्र बहादुर भण्डारी, दुर्गाथली गाँउकमिटी उपाध्यक्ष युवराज विष्ट लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेकोक थियो ।
वडा भेलामा नेकपा एकिकृत समाजवादी पार्टीका नेता कार्यकताृ तथा स्थानियहरुको उपस्थिती रहेको थियो । आजभएको वडा भेलामा नेकपा एमाले परित्याग गरी दशरथ जप्रेल, हर्क बहादुर जप्रेल, दिपेन्द्र जप्रेल, खिउटो जप्रेल, कल्की जप्रेल, बालाजी जप्रेल, भर्मराज जप्रेल गरी ८ जना नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेको गौरी प्रसाद सोतीले जानकारी दिनु भयो । नव प्रवेशीहरुलाई स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री जोशीले पार्टी प्रवेश गराउनु भएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित