Rashtriya Dainik

रेखा थापासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्‍द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

गत मंसिरमा भएको राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी रेखा थापा पनि केन्द्रीय सदस्य मनोनित भएकी छन्।

यस्तै, इलामकी लिलादेवी श्रेष्ठ , नवलपुरकी विन्दु पौडेल , काठमाडौंकी रेखा थापा, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा, सुर्खेतकी सन्तोषी शाही ठकुरी,रुपन्देहीकी स्वाती थापा केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

कपिलवस्तुकी पुष्पा रजौरिया, काठमाडौंकी लक्ष्मी तण्डुकार ,उदयपुरकी समृद्धि राणा, चितवन मीना न्यौपाने , धादिङ शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौं सावित्रा थापालाई पार्टीले केन्द्रीय सदस्यमा मनोनित राप्रपाले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित