नवलपरासी , १७ फागुन ।
भारतको उत्तरप्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने विधानसभा निर्वाचनका लाागि नेपालसँग जोडिएका रूपन्देही, कपिलवस्तु, नवलपरासीका सीमा नाका तीनदिन बन्द गरिने भएको छ । कपिलवस्तुसँग जोडिएको कृष्णनगर, मर्यादपुर चाकरचौडासहित भारतले मंगलबार देखि फागुन १९ गतेसम्म हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
१९ गते हुने निर्वाचनको ४८ घण्टा अघिदेखि सुरक्षाको कारण देखाएर नेपाल आवतजावत गर्न बन्द गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । टाढाबाट नियमित रूपमा नेपाल आउने यात्रु भित्रिने सक्नेछन्, निर्वाचन अवधिमा इमर्जेन्सी मेडिकलका लागि जानुपरेको अवस्थामा सीमामा रहेका नेपाली सुरक्षा इञ्चार्जमार्फत सीमावर्ती सुरक्षा इञ्चार्जसँग समन्वय गरी जान सकिने प्रजिअ पाण्डेले जानकारी दिए ।
निर्वाचनको सुरक्षा संवेदनशिलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । रुपन्देहीमा ५९ दशमलब ५ किलोमिटर क्षेत्र भारतीय सीमा छ । नवलपरासी, रुपन्देही र भारत महाराजगञ्ज जिल्लाका सुरक्षा अधिकारीको आइतबारको भर्चुअल बैठकले १९ गते बेलुका ६ बजेसम्म नाका सिल गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

