Rashtriya Dainik

केदारस्यू गाँउपालिकामा अध्यक्ष भण्डारीद्वारा १५ शैयाकाे अस्पताल सिलन्यास

दोरेन्द्र खड्का बझाङ
केदारस्यू गाँउपालिकामा बन्ने १५ शैयाको अस्पतालको आज शिलन्यास गरिएको छ । गाँउपालिका अध्यक्ष इन्द्र बहादुर भण्डारीले अस्पतालको आज उद्घाटन गर्नु भएको हो । गाँउपालिकाको वडा नं. १ देउरामा रहेको रायल प्राथकि स्वास्थ्य केन्द्रका बन्न लागेको १५ शैयाको अस्पतालको गाँउपालिकाका जनप्रतिनिधी, विषयगत शाखाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको उपस्थितीमा अस्पतालको उद्घाटन गरिएको हो ।
केन्द्र सरकारले प्रत्येक पालिकामा १५ शैयाको अस्पताल निर्माण गर्ने कार्यक्रम अनुसार केदास्यू गाँउपालिकामा अस्पताल निर्माण हुन लागेको हो । १८ करोडमा निर्माण हुन लागेको उक्त अस्पतालको निर्माण अवधी दुइ वर्ष रहेको छ । अस्पताल निर्माणका लागी जागृती निर्माण सेवा, प्रतिष्ठान कनट्रक्सन र पावर निर्माण सेवाले जिम्मा पाएका छन् । गाँउपालिकामा उपयुक्त संरचना तथा डा. हरुको सुविधा नभएपछी केदारस्यू गाँउपालिकाका अधिकांस सामान्य खालका विरामीहरुले पनि डडेल्धुरा वा जिल्ला अस्पताल पुग्नु पर्ने बाध्यता रहेको छ । पालिकामा नै १५ शैयाको दक्ष चिकित्सकसहितको अस्पताल निर्माण हुन लागेपछी केदारस्यु गाँउपालिकाका स्थानियहरु खुसी भएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित