Rashtriya Dainik

पेस्टाद्वारा आयोजित अन्तरविद्यालय भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

तुलसीराम पौडेल —
फर्साटिकर, फाल्गुन १७
निजी अङ्ग्रेजी विद्यालय शिक्षक सङ्गठन( पेस्टा) रुपन्देहीको आयोजनामा संचालित १२ औं अन्तरविद्यालय शिक्षक भलिबल रनिङ्गशिल्ड प्रतियोगिता तथा महिला शिक्षक डबल ब्याडमिन्टन प्रतियोगिता रुपन्देहीको शुद्दोधन -२ हिरापुर स्थित शुद्दोधन इङलिस बोर्डिङ स्कुलमा आइतबार सम्पन्न भयो।सप्पन्न प्रतियोगिता अन्तरगत भलिबल तर्फ लिटल फ्लावर्स अङ्ग्रेजी स्कुल प्रथम भएको छ।त्यसै गरि ज्ञानपुन्ज विद्या मन्दिर दोस्रो र रोजबड एकेडेमी तेस्रो भएको छ।
सप्पन्न ब्याडमिन्टन प्रतियोगितामा रोजबड एकेडेमी प्रथम ,सिद्धिविनायक दोस्रो भएको छ।तेस्रो स्थानमा तिलोत्तमा इङलिस स्कुल र शुद्दोधन इङलिस स्कुल सफल भएका थिए । प्रतियोगिता अन्तरगत भलिबल तर्फ प्रथम हुनेलाई नगद १५ हजार ,शिल्ड,प्रमाणपत्र ,मेडल दोस्रो हुनेलाई नगद १० हजार रुपैयाँ सहित शिल्ड ,प्रमाणपत्र मेडल प्रदान गरिएको थियो भने तेस्रो हुनेलाई नगद ५ हजार रुपैया सहित शिल्ड,मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
पेस्टाका अध्यक्ष इन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, शुद्दोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता, शुद्दोधन शिक्षा समितिका संयोजक एवं वाड नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेलको विशिस्ट आतिथ्यता, पेस्टाका बरिस्ठ उपाध्यक्ष केशव ज्ञवालीको स्वागत मन्तव्य ,पेस्टाका सचिव प्रकाश रेग्मिको संचालनमा सम्पन्न कार्यक्रममा शुद्दोधन -२ का वडा अध्यक्ष बिष्णु प्रसाद बस्याल ,प्याब्सन जिल्ला उपाध्यक्ष कुलराज शर्मा , सिद्दिविनायकका प्रीन्सिपल शिव प्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित