Rashtriya Dainik

सन नेपालको लहान सखाद्वारा ११ लाख मृत्यु दाबी भुक्तानी

महेश सिंह सिरहा लहान १७ फाल्गुन – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार म्यादी जिवनको भुक्तानी सहज रूपमा दिन थालेका छन।सिरहाको लहान स्थित रहेको सन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका लहान ब्रान्चका प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका पीडित परिवारहरुलाई उनले सहज रूपमा मृत्यु दाबी भुक्तानी दिन लागेका छन्।

सिरहा नगरपालिका वाडा नम्बर २० सिकाजोति बस्ने रामपुकार मुखियाको जेठो छोरा २७ वर्षिय ईन्द्रजित कुमार मुखियाले वैदेशिक रोजगारीको लागी खाडि मुलुक कतार जाने क्रममा अर्थात कतारको लागी उडान हुने क्रममा अन्तर्राष्ट्रिय बिमान स्थलमा एकासी हर्टस्टयाकट भई काठमाडौंको वीर होस्पीटलमा उपचारको क्रममा २०७८- ५-१२ गते मृत्युु भएको परिवारजनले जनाए।

मृतक मुखियाको घरको आर्थिक अवस्था निकै कमजोर रहेको छ्। घरमा मुखियाको एक श्रीमती र ३ वर्षिय २ छोरा रहेका छन्।श्रीमान गुमाएका पुनिता देबी मुखियाकी बिचल्ली भएकी छिन्। मृतकको आमा देबकि देबी मुखिया र बुबा रामपुकार मुखिया पुर्ण रूपमा सुकुम्बासी रहेका छन्। पीडित परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी प्राईभेट लिमिटेड लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले सहयोग स्वरुप पीडित परिवारजनलाई माछापुच्छ्रे बैंकको ११ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित