उमेश बि.क / नवलपरासी , १६ फाल्गुन
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ कुडियामा पालिका स्तरकाे सराेकारवाला तथा टाेल सरसफाइ समितिलाई १ दिने अभिमुखिकरण भएको छ।
बहुक्षेत्रिय पाेषण कार्यक्रम अन्तर्गत पालिका स्तरकाे सराेकारवाला तथा टाेल सरसफाइ समितिलाई १ दिने अभिमुखिकरण कार्यक्रम सुस्ता गाउँपालिकाकाे अायाेजनामा गरिएको हाे।

सुस्ता गाउँपालिका वडा नम्बर २ काे वडा अध्यक्ष कृष्णलाल मुखियाकाे अध्यक्षता तथा पालिका अध्यक्ष राम प्रसाद पाण्डेयकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बाेल्दै अध्यक्ष पाण्डेयले यश कार्यक्रमले महिला, बालबालिका, किशोरकिशोरीका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश समृद्ध हुन गर्भवती , सुत्केरी आमा र बच्चाको स्याहार गर्नुपर्नेमा जोड दिए । गर्भावस्थाको ९ महिना अर्थात् २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात् ७ सय ३० दिनको अवधिलाई सुनौलो हजार दिन (आमा र बच्चाको गोल्डेन डे) भनिन्छ। महिला गर्भावस्था भएदेखि बच्चा जन्मेको दुई वर्षसम्म कसरी स्वस्थ रहन सकिन्छ, गर्भवती र सुत्केरी भएका वेला कस्तो खानेकुरा खाने भन्ने कुराकाे बिशेष ख्याल पुर्याउन जरुरी रहेको छ। खानामा गेडागुडी ,हरिया सागसब्जि ,माछा मासु ,फलफूलले यश अवस्थाले बच्चा र अामाकाे स्वास्थ्यमा ठुलाे भुमिका खेल्ने भएकोले खानपिनमा बिशेष ख्याल राख्न अाग्रह समेत गरेका थिए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनिले महिला तथा २ वर्ष मुनिका बच्चाहरुलाई पोषण प्रदान गर्ने उद्देश्य रहेको सुनौला हजार दिन कार्यक्रमले बाल तथा मातृ कुपोषण न्यूनिकरण गर्न मद्दत गर्ने गर्दछ । तसर्थ हजार दिनको संवेदनशील समयमा उचित पोषण र हेरचाह गर्दा बालबालिकाको शारीरिक तथा मानसिक क्षमतामा गहिरो प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले पोषण, खाद्य सुरक्षा तथा सुनौला हजार दिन कार्यक्रम मातृशिशु पोषण स्थितिमा सुधार ल्याउन सुस्ता गा.पाले बहुक्षेत्रीय पोषण योजना सुरु गरेको छ । अझै पनि आमा तथा बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण भएकाले उक्त योजनाले आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने लक्ष्य राखेको छ । पोषण बहुआयामिक विषय भएकाले यसका लागि पनि बहुक्षेत्रीय पहल गर्न आवश्यक पर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ५ काे वडा अध्यक्ष प्रमुनाथ यादव , अशाेक पाण्डेय लगाएतले बाेल्नु भएको थियाे । ६५ जना सहभागीता रहेको कार्यक्रमकाे सहजिकरण भागिरथी पालले गर्नुभएको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

