Rashtriya Dainik

यस्ता संकेतलाई नगर्नुहोस् वेवास्ता, हुनसक्छ पित्तथैलीमा पत्थरी

पित्तथैलीमा पत्थरी हुनु एक आम समस्या हो। जब पित्ताशयले अत्यधिक कोलेस्ट्रोललाई गलाउन सक्दैन, तब उक्त कोलेस्ट्रोल पत्थरका रूपमा विकास हुन थाल्छ। यस्ता पत्थर चामलको गेडादेखि चनाको दाना वा सानो रुद्राक्षको आकारमा समेत हुनसक्छ।

त्यसो त पित्तथैली एउटा थैलीजस्तो सानो आकारको अंग हो। जुन कलेजोको ठीक मुन्तिर हुने गर्छ। यसले बाइललाई एकत्रित गर्ने काम गर्छ।

बाइलले पाचन क्रियामा फ्याटलाई टुक्र्याउने काम गर्छ। जब पित्तथैलीमा बाइलको रसायनको संरचना असन्तुलित हुनपुग्छ, तब पित्तथैलीमा पत्थर बन्ने गर्छ।

बाइलमा कोलेस्ट्रोलको मात्रा बढी भएपछि क्रिस्टल बन्न थाल्छ, जुन केही समय पश्चात्त पत्थरीको रूपमा विकास हुनथाल्छ। पित्तथैलीको पत्थरी ४० वर्ष माथिका व्यक्तिलाई बढी हुन्छ।

यसका लक्षण

पेट दुखाइ महसुस हुनुः पित्ताशय पा पित्तको थैलीमा पत्थरी भए पेट दुख्ने गर्छ। पित्तथैलीमा पत्थरी भएमा खाना खानासाथ पेट दुख्न थाल्छ। त्यसमा पनि भुटेको वा चिल्लो खाना खानासाथ पेट दुखिहाल्छ।

पटक पटक पेट दुख्नुः पटक पटक पेट दुख्नु, केही क्षणको अन्तरालमा पेट दुख्नु तथा शरीरको दायाँतर्फ पेट दुख्नु पनि पित्तथैलीको पत्थरीको संकेत हो। पित्तथैलीमा पत्थरी भएमा व्यक्तिलाई केही मिनेट वा केही घण्टासम्म पनि दुखाइ महसुस हुने गर्छ।

ज्वरो आउनुः पित्तासयमा भएको संक्रमणका कारण व्यक्तिलाई ज्वरो आउनसक्छ। कहिलेकाहीँ पत्थरी यति ठूलो हुन्छ कि पित्ताशयमा घाउ तथा संक्रमण हुनसक्छ।

पिसाबको रंगमा परिवर्तनः पिसाबको रंग पहेलो हुनु तथा पिसाब चिल्लो हुनु पनि पत्थरीको संकेत हो।

पखालाः अचानक पखाला लाग्नु पित्तथैलीको पत्थरीको संकेत हुनसक्छ। पेट बारम्बार फुलेको महसुस भए, भरिएको महसुस भए वा ग्याँस तथा पातलो दिसा भएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ। यस्ता लक्षण पित्तथैलीको पत्थरीका संकेत हुनसक्छन्।

लामो सास लिँदा तीव्र पीडा महसुस हुनुः पित्तथैलीमा पत्थरी भएमा गहिरो सास लिँदा तीव्र पीडा महसुस हुने गर्छ। यो आफैँमा कुनै लक्षण हैन, तर जाँच गराएर यसको कारण थाहा पाएमा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित