महेश सिंह सिरहा लहान १६ फाल्गुन -सिरहामा ट्राफिक प्रहरीले पुर्व पश्चिम राजमार्गमा चेक जाँचमा कडाई गरेका छन् ।राजमार्गमा करिब ३ महिना देखी निरन्तर ट्राफिक चेकिङ्गमा कडाई गरीएका छन्।अस्थाई ट्राफिक पोस्ट धनगढीबाट प्र.स.नी.प्रहरी सहायक निरीक्षक असैई सुरेश कुमार यादवको कमान्डमा निरन्तर ३ महिना देखि चेकिङ्गमा कडाई गरेका छन।

उक्त ट्राफिक पोस्टले ऐरिया भित्र धनगढीको मेदनीपुर पुलस्थित र गागन खोलाको पुल स्थित निरन्तर ट्राफिक चेकिङ्ग हुने गरेको छ। ट्राफिक चेकिङ्गमा मोटरसाईकल चालक सबैभन्दा कार्बाहीमा पर्ने गरेका छन्। सबारी चालक अनुमती पत्र नभएको र मोटरसाईकलमा ३ जना सबार भएर यात्रा गर्ने ,र बिना हेल्मेटको सवारी चलाउने गरेका चालकहरुले कार्बाहीमा पर्ने गरेका छन।
दैनिक रूपमा करिब १२ हजार बराबरको जरिवाना काटिने गरेको प्रहरी सहायक निरीक्षक सुरेश कुमार यादवले जानकारी दिनु भयो। ट्राफिक चेकिङ्गमा निरंतरता दिदा सिरहा मा सडक दुर्घटनामा कमि आएको उनले दाबी गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

