Rashtriya Dainik

यी चार बानी, जसका कारण हुन्छ सिधै मृगौलामा पत्थरी

व्यस्त जीवनशैलीका कारण खानपानमा ध्यान नदिदा कयौँ विरामीको चपेटामा पर्नु परेको छ। जसमध्ये मृगौलामा पत्थरीको समस्या पनि एक हो ।तपाईको दैनिक खाने कुरामा यस्तो चीज हुने गर्छ जसको सेवनले सिधै मृगौलामा पत्थरीको समस्या उत्पन्न गराउँछ।यस्ता खानेकुरामा ओक्सलेटको मात्र निकै धेरै हुने गर्छ। जसले यूरिनसँग मिलेर पत्थरीको समस्या बनाउने गर्छ।

मृगौलामा पत्थरीको समस्या हुँदा पेट, ढाढ वा कम्मरमा अत्यधिक पीडा महशुस हुने गर्छ। यो तब हुन्छ जब पत्थरी हल्लिन थाल्छ र मृगौलामा प्रेसर पर्छ। कहिलेकाही मृगौलामा दबाव बनाउने संकीर्ण पिसाब नलीमा अड्किने गर्छ।जब पत्थरी हल्लिने गर्छ तब यसको पीडा ढाडदेखि कम्मरसम्म पुग्ने गर्छ। यस बाहेक पिसाबको रंग पनि पहेँलो आउने, ज्वोरो र रुघाखोकी लाग्ने, बमिटिङ (वान्ता) हुने, निकै धेरै थकान महशुस हुने आदी लक्षण देखिने गर्छन्।

जसका कारण हुन्छ मृगौलामा पत्थरी

कम पानी: गर्मिमा दिनमा तपाईले ३ देखि ४ लिटर पानी पिउन आवश्यक छ। गर्मिमा यति पाने पिएपनि मानिसहरु जाडोमा पानीको मात्रा ह्वात्तै घटाउने गर्छन्। जब शरीरमा पानीको मात्रा कम हुन्छ तब किड्नीको राम्रोसँग सफाइ हुँदैन्।कम पानी पिउँदा खाना डाइजेस्ट हुन पाउँदैन् र किड्नीमा जम्मा हुन थाल्छ। जो पछि पत्थरी बन्ने गर्छ। मानिसको सानो तिनो पत्थरी हरेक दिन प्रसस्त मात्रामा पानी पिउँदा हराएर जाने गर्छ।

धेरै चिया कफीको प्रयोग : जो व्यक्तिले धेरै मात्रामा चिया कफीको प्रयोग गर्छन्, उनीहरुलाई पत्थरीको समस्या हुने सम्भावना धेरै हुने गर्छ। चिया वा कफीमा ओक्सालेटको मात्रा धेरै हुने गर्छ। जसले पत्थरी बन्नमा मद्दत गर्छ। त्यसैले चिया वा कफी कम पिउने गर्नु राम्रो हुन्छ।

फास्ट फूड : अहिलेको समयमा फास्ड फूडको चलन बढ्दै गएको छ। केमिकल र मसलेदार खानाले दिर्धकालिन स्वास्थ्यमा असर पारिरहेको छ। धेरै नुन र मसला भएको खानेकुराले पनि मृगौलालाई असर गर्ने गर्छ र पत्थरीको समस्या पनि उत्पन्न गउोन गर्छ।

प्याकेट फूड :युवा वा बच्चामा प्याकेट फूडको चनल बढिरहेको छ। जसमा कयौँ प्रकारको केमिकल प्रयोग गरेको पाइन्छ। त्यस्ता खानामा एक प्रकारको नुन अजिनो मोटा राखिएको हुन्छ। त्यसले स्वादलाई बढाउने काम गरेपनि स्वास्थ्यलाई नराम्रो असर पुर्याउने गर्छ। यसो धेरै प्रयोगले पनि मृगौलामा पत्थरीको समस्या देखिने गर्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित