Rashtriya Dainik

सफल बझाङ प्रहरी हत्यामा संलग्न २ जना फरार अपराधी १६ बर्ष पछी पक्राउ

उत्तमकुमार थापा बझाङ
हत्यामा संलग्न २ जना फरार अपराधी पक्राउ परेका छन । बझाङ प्रहरीले गाेप्य सुचनाकाे आधारमा बीभत्स हत्यामा सँलङग भएका २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर बिष्टले बताए ।

डिएसपी बिष्टका अनुसार धौले भण्डारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रकास राना समेत भएको कर्तव्य ज्यान मुद्दामा मिति २०६२ असोज २३ गतेको दिउसो ४:३० बजेको समयमा जिल्ला बझाङ साबिक सुबेडा गाउविकास समिति वडा नम्बर ८ ज्वाडा हाल जयपृथ्वी नगरपालीका -७ स्थित बस्ने मिन बहादुर भण्डारीलाई साेहि स्थानमा बस्ने बिरेन्द्र राना,प्रकास राना, मंगल राना,रामदेवी राना र हिरा देवी रानाले घरेलु हतियार बन्चरो,हँसिया को प्रयोग गरी बिभत्स तरिकाले हत्या गरेको घटनामा तत्कालिन सम्मानित पुनराबेदन अदालत डोटीको मिति २०६६/०३/८ गतेको फैसलाले प्रतिवादी साबिक जिल्ला बझाङ सुवेडा- ८ ज्वाडा हाल जयपृथ्वी नगरपालिका वडा नं.०७ बस्ने बर्ष ३३ की रामदेवी रानालाई ३ बर्ष कैद सम्मानित सर्बोच्च अदालतको मिति २०६९/ ०१/२२ गतेको फैसलाले प्रतिवादी जिल्ला बझाङ जयपृथ्वी नगरपालिका वडा नं.०७ बस्ने बर्ष ४० को बिरेन्द्र रानालाई २० बर्ष कैद सजाय तोकिएको थियाे ।
तर फरार अपराधीहरुको खोजतलास गर्ने क्रममा उहाँहरु भारतबाट जिल्ला कञ्चनपुर अन्तर्गत नेपाल भारतको सिमा भिमदत्त नगरपालिका वडा नं. ११ गड्डा चौकी एरियाको बाटो हुँदै नेपाल आउँदै गरेको बिशेष सुचनाको आधारमा जिप्रका बझाङको सक्रीयता तथा केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो,महाराजगंज र स्थानिय प्रहरीको सहयोगमा उहाँहरूलाई गड्डा चौकी एरियाबाट मिति २०७८/११/१४ गते पक्राउ गरी ल्याईएकोमा निजहरूलाई आज मिति २०७८/११/१५ गते सम्मानित बझाङ जिल्ला अदालत बझाङमा पेश गरीएको प्रहरी प्रमुख डिएसपी बिष्टले बताए । जिल्लामा डिएसपी बिष्ट आएपछि राम्रो भएको स्थानीयकाे भनाइ रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित