विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुले एमसिसी सम्झौताको बिरोधमा फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छन।
आजै प्रतिनिधिसभाबाट पास गर्न लागिएको अमेरिकी सहयोग परियोजना ‘एमसिसी’को बिरोधमा विप्लव नेकपा सहितका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाद्धारा फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका हुन् ।
आईतबार ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठकले साझ एमसिसीको बिरोधमा आज मशाल जुलुस र सोमवार नेपाल बन्दको कार्यक्रमको घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुनले जानकारी दिए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी,ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायतका पार्टीहरुले एमसिसी हिरोधमा काठमाडौं लगायत देशभर संघर्ष गर्दै आइरहेका छन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

