Rashtriya Dainik

दुर्गेश र समिक्षा बर्दघाट व्यापार मेलाबाट हटाईयो

पाचौँ बर्दघाट कृषि, पर्यटन तथा औधोगिक व्यापार मेलाबाट कलाकार समीक्षा अधिकारी र दुर्गेश थापालाई हटाइएको छ ।

निमन्त्रणा गरिएका दुई कलाकार समिक्षा अधिकारी र दुर्गेश थापालाई आयोजकले सहभागी हुने कलाकारको सुचिबाट हटाएको आयोजकले जनाएको छ ।

पछिल्लो समय नायक पल शाह र गायिका समिक्षा अधिकारी प्रकरण बाहिरिए सगै सो घटनामा मुछिएका मोडल दुर्गेश थापा र गायिका समीक्षा अधिकारीलाई दर्शक र स्थानीयको बिरोधका साथै सुरक्षाको दृष्टिकोणले हटाईएको बर्दघाट व्यापार मेलाका सास्कृतिक संयोजक खुमन बस्यालले जानकारी दिए ।

व्यापार मेलाको माहोल बिग्रिन सक्छ, स्थानियको पनि सुझाव लिदा नबोलाउने भन्ने कुरा भयो बस्यालले भने अहिलेको अवस्थामा सुचिबाट हटाउनै उचित देखियो त्यसैले यस्तो निर्णयमा पुग्यौ ।

यस अघि कैलालिमा अत्तरिया उधोग बाणिज्य संघको आयोजनामा सन्चालन भैरहेको महोत्सवमा घटना बाहिरिएसगै सुरक्षाको कारण देखाउँदै दुर्गेश र समिक्षलाई आयोजकले सुचिबाट हटाएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित