Rashtriya Dainik

अमवा खानेपानीको नवैं वार्षिक साधरण सभा सम्पन्न

तुलसीराम पौडेल –
सियारी, फाल्गुन १४
रुपन्देहीको सियारी गाउपालिका -७ पश्चिम् अमवा स्थित पश्चिम् अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको ९ औ वार्षिक साधरण सभा सम्पन्न भयो।
सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले एक कार्यक्रमका बिच उदघाटन गर्नुभयो। सो कार्यक्रममा बोल्दै उहाँले स्वस्थ रहनको लागि सबैभन्दा प्रमुख पानी भएकोले सुरक्षीत पानी प्रयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । स्वच्छ खानेपानी उपलब्ध गराउनको लागि सियारी गाउपालिकाले महत्त्वपूर्ण कार्यक्रमहरु ल्याएको बताउनु भयो । एक घर एक धारा उपलब्ध गराउने गाउपालिकाको लक्ष्य भएकोले सुरक्षीत खानेपानी प्रयोग सम्बन्धि जनचेतना जगाउनुपर्ने बताउनु भयो। गाउपालिकाले सियारीका प्रत्येक नागरिकलाई निश्चित मापदण्ड तोकि खानेपानीको महशुलमा युनिट निशुल्क गर्ने प्राथमिकतामा राखेको बताउनु भयो।त्यसै गरि बिजुलीको महशुलमा पनि निश्चित मापदण्ड बनाई युनिट निशुल्क गरिने बताउनु भयो ।खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख गुणनिधी पोख्रेलले सुरक्षीत खानेपानीको प्रयोगबाट ८० प्रतिशत रोग लाग्न बाट बचिने भएकोले धेरै भन्दा धेरै खानेपानी धारा जडान गर्न अभिप्रेरित गर्नुपर्ने बताउनु भयो ।खानेपानीको साथसाथै घरायसी सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को ९८ लाख ६७ हजार ५ सय ५५ रुपैया ८० पैसा बराबरको आयव्यय पारीत गरेको छ।
कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष सुन्दर प्रसाद गुप्ता ,खानेपानी उपभोक्ता तथा सरसफाइ महासघका अध्यक्ष ध्रुव कुमार धिताल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रममा सस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,कोषाध्यक्ष कपिल न्यौपाने बाट आर्थिक प्रतिवेदन प्रस्तुत, लेखा संयोजक जोगराज अधिकारीबाट लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियोे ।
सस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षता,उपाध्यक्ष रत्नबहादुर पौडेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन केशव अधिकारीले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित