Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाद्वारा गर्भवती महिलालाई ३ हजार ८ सय प्रोत्साहन स्वरूप सुत्केरी पोषण खर्च प्रदान

रंजीत शर्मा/ नवलपरासी/ १४ फाल्गुन ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाद्वारा गर्भवती महिलालाई ३ हजार ८ सय प्रोत्साहन स्वरूप सुत्केरी पोषण खर्च प्रदान गर्दै आएको छ ।

प्रतापपुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीका अनुसार ४ पटक गर्भ जाँच गराई तोकिएको प्रसुती केन्द्रमा सुत्केरी भएमा प्रोत्साहन भत्ता स्वरूप रू.८०० र यातायात भत्ता स्वरूप रु १००० गरी कुल रु. १८०० विगत ४ वर्ष देखि प्रदान गर्दै आएको बताउनु भएको छ।

त्यसै कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीका अनुसार सुरक्षित मातृत्व: हामी सबैको दायित्व भन्ने मूल नाराका साथ उपाध्यक्ष सुत्केरी भेट कार्यक्रम अन्तर्गत ४ पटक गर्भ जाँच गराई तोकिएको प्रतापपुर गाउँपालिका भित्रको प्रस्तुती केन्द्रमा सुत्केरी भएमा प्रोत्साहन स्वरूप सुत्केरी पोषण खर्च रू. २००० सम्वन्धित बार्थिङ सेन्टरबाट प्राप्त गर्न सकिने बताउनु भएको छ। यसरी केन्द्रको १८०० र पालिकाको २००० गरी ३८०० विगत ४ वर्ष देखि प्रदान गर्दै आएको बताउनु भयो ।

त्यसतै प्रतापपुर गाउँपालिकाका गर्भवती महिलालाई बर्थिङ सेन्टर सम्म पुर्याउन गाउँपालिकाद्वारा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन समेत रहेका गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित