Rashtriya Dainik

नवलपरासीकाे सुन्दर पर्यटकिय स्थल मदार स्थानमा विदेशी पर्यटक

संजय कुशवाहा /नवलपरासी १४ फागुन

मदारबाबा मेला एक धर्मको नभई त्यहा मुस्लिम र हिन्दु अन्य समुदायका धर्मावलम्बीहरू समेत अवलोकन र पुजापाट गर्न जाने गरेका छन ।
त्यसकारण पनि सयौं वर्ष देखि लाग्दै आएको मदारबाबा धार्मिक स्थलको रूपमा देश विदेशमा परिचित छ । विभिन्न किसिमका दु:ख लिएर आउने भक्तजनहरूले सु:ख ,शान्ति ,सन्तान प्राप्ति र विभिन्न किसिमका रोगहरू ठिक हुन्छ भने धार्मिक विश्वासले मजारमा पुजापाट गर्न गरेका छन । सो स्थानमा हरेक वर्ष शिवरात्रिको नौ दिन अघि देखि मेला लाग्ने गरेको छ । मेला शिवरात्रिमा समापन हुने गरेको छ ।

यश वर्ष फागुन ९ गते देखि फागुन १७ गते सकिदैछ ।
महलबारी गाउबाट ९ किलोमिटर पहाडको डाडा चढेर जानू पर्दछ । मदारबाबा मुस्लिम समुदायको भएपनि सबैले आस्थाका रूपमा लिने गरेका छन । मदारबाबाको पूरा नाम हजरत बदिउदिन कुतुबुल मदार शाह रहमतुल्ला अलैहे हो । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल साउदी अरबको मदिना सरिफबाट मदारबाबा सिरिया देशको हल्ब सहरमा बाबाको आमा बुबा आउनु भएको थियो । किंवदन्ती अनुसार बाबाको जन्म अरबी तारिखको २ सय ४२ हिजरीमा भएको थियो ।

मदारबाबको ईतिहास केलाउदा हल्ब सहरमा धार्मिक शिक्षा आर्जन गरेपछि बाबा भारतको गुजरातमा केहि समय बिताउनु भएको पाईन्छ । मदारबाबा भारतमा रहदा उहाँ धेरै धार्मिक ठाउँमा तपस्या गर्नु भएको थियो । सोही क्रममा उहाँ नेपालको पहाडमा दुई पटक सम्म ४०/४० दिन तपस्या गर्नु भएको थियो । विभिन्न धार्मिक ठाउँ र पहाडहरूमा तपस्या गर्दै जीवन बिताउनु भएका बाबा ५ सय ९६ वर्ष ६ महिना ६ दिन जिवित रहनु भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । यस्तै उहाको मृत्यु हिजरी क्यालेन्डर अनुसार ८ सय ३८ हिजरीमा भएको हो ।

श्रद्धाकाे यस केन्द्रमा ४ वटा महत्वपुर्ण स्थान रहेकाे बताइएकाे छ ।
महलबारीमा मस्जिद रहेकाे छ भने यसबाट अगाडि बढदै जादा गुद्दरबाबा , चावलधाेइल , नाकदर्वा र उच्च पहाडमा मदारबाबा स्थान रहेका छन ।

मदारबाबाले तपस्या गरेको ठाउँमा उहाका शिष्यहरूले पुजापाठ गर्ने गरेका छन । शिष्यहरूले बाबाको सम्झनामा भारतको लखनऊ स्थित मकानपुर र परसैया देखी ९ किलोमिटर पहाडको डाडामा पनि बनाएका थिए । तर मकानपुर मजार धार्मिक स्थल ब्यवस्थित भएका कारण देश विदेशमा परिचित छ तर हाम्रो देशको भने उचित संरक्षण र प्रचारका कारण ओझेलमा परेको छ ।

मदारबाबाको मजारमा स्थानीय मेला आयोजक समिती र स्थानीय बासिहरू यसको प्रचार र संरक्षण जुटे पनि सरकारी निकायबाट भने त्यस्को प्रवदर्न हुन सकेको छैन ।
त्यस्तै नवलपरासी जिल्लाको सबभन्दा पुरानो र सबैभन्दा धेरै स्वदेशी तथा विदेशी भक्तजनको अवलोकन गर्ने स्थल रहेपनी यसबारे सम्बन्धित समुदायकै अगुवाहरू बेखबर हुन्छन् ।

मजारमा पुग्नका लागि लामो समय र अप्ठ्यारो बाटो तय गर्नु पर्ने छ तर चठनका लागि अहिले सम्म ब्यवस्थित बाटो अथव सिढिको ब्यवस्था छैन।दर्शनाथीहरूका लागि बाँस वस्ने स्थान छैन ,पिउन र स्नान गर्नका लागि पानीको अभाव छ ।त्यहा संकलन भएको रकम सदुपयोग हुन सके मात्र उक्त स्थानमा कोही संरचना निर्माण गर्न सकिने छ।

हिन्दु र मुस्लिम समुदायको धार्मिक आस्थाको केन्द्र मदारबाबालाई सरकारले संरक्षण र प्रवर्द्धन गर्ने आवस्यक छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित