Rashtriya Dainik

ओमसतियामा कुस्ती महोत्सव सुरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता

रुपन्देहीको ओमसतिया गाउँपालिकामा कुस्ती महोत्सव शुक्रबार बाट सुरु भएको छ। नेकपा बिप्लव माओवादी केन्द्र का नेता तथा प्रमुख अतिथी मदन थारुले रेवन काटि कार्यक्रम उदघाटन गर्नु भएको हो । श्री रामजनकी रंगशाला अध्यक्ष तथा वडाध्यक्ष शिव कुमार धवलको अध्यक्षता रहेको थियो ।

अन्तर्राष्ट्रिय खेलाडी केशस दासले खेलमैदान पुजा अर्चान गरि सुरुवात गरिएको थियो । कुस्ती महोत्सवमा भारतका विभिन्न स्थान जस्तै गोरकपुर, विहार,राजिस्तान , बनारस ,पन्जाब लगायत का खेलाडी सहभागी रहने छ भनी नेपाल जिल्ला जस्तै त्रीबेणी , कोपिलबस्तु, नवलपरासी ,लुम्बिनी प्रदेश , सिलौटिया र पटखौली गरि नेपालका खेलाडी सहभागी रहने भएको छ। उक्त दुबै देश खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्म आफ्नो नाम कमाएका खेलाडी र ख्याती प्राप्त खेलाडी सहभागी रहने भएको छ।

शुक्रबार भएको खेलमा ५ हजार देखि ७ हजार सम्म खेल खेलाइएको थियो भने शनिबार रोमाञ्चक प्रतिस्पर्धा खेल हुने भएको छ भने उक्त खेल दुई सम्म सन्चालन रहेको छ भने उक्त कार्यक्रम पशुपति यादवले सन्चालन गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित