नवलपुर / १३ फाल्गुन ।
बालक्लवका बालबालिकाहरुलाई बाल अधिकार, किशोरी मैत्री, बालमैत्री स्थानीय शासन र मानसिक स्वास्थ्यको बारेमा अभिमुखिकरण कार्यक्रम आज देवचुली नगरपालिका वार्ड नं १७ मा सम्पन्न भएको छ ।
वार्ड नम्बर १७ को बालबालिका लक्षित बजेट अन्तरगत वार्ड स्तरीय बाल क्लव सञ्जाल वार्ड नं १७ को आयोजनामा र वार्ड नम्बर १७ को आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न गरिएको वार्ड स्तरिय बाल सञ्जालका अध्यक्ष रेजिना घर्ती मगरले बताउनु भयो ।
सो कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बालअधिकार तथा बालमैत्री स्थानीय शासनको बारेमा सेसन सञ्चालन गर्नु भएको थियो ।
उहाँले तालिमको समयमा बाल अधिकार, नेपालको संविधानमा भएका व्यवस्थाहरूको बारेमा जानकारी दिनु भएको थियो।। उहाँले बालबालिकाहरुले आफ्नो अध्ययनलाई ध्यान दिनुपर्ने, विहेवारी २० वर्ष पारी हुनुपर्ने, बाल विवाहले व्यक्ति, परिवार तथा समाजमा नकारात्मक प्रभाव पार्ने, बालविवाहमा सहभागी हुन नहुने, बालविवाह गैरकानुनी भएको र यसलाई रोक्न सबैको सहयोग आवश्यक पर्नेमा जोड दिनु भयको थियो |
किशोरी अधिकार र मानसिक स्वास्थ्यको बारेमा किशोरी अभियन्ता रेजिना घर्ती मगरले सहजीकरण गर्नु भएको थियो ।। पछिल्लो समयमा किशोर किशोरीहरुको आत्महत्याको दर बढ्दै गएको र यसको लागि सबैले मानसिक स्वस्थको लागि गर्नुपर्ने काम र आफ्नो विकासको लागि सोच्नु पर्नेमा जोड दिनु भयो।।
सो कार्यक्रमको उद्घाटन समारोहमा वार्ड नम्बर १७ का वार्ड अध्यक्ष विष्णु प्रसाद आचार्यले देवचुली नगर बालमैत्री रहेको र वार्ड ले पनि यो अभियानलाई सहयोग गर्नु पर्ने भयकोले बालबालिका लक्षित कार्यक्रमको लागि बजेट व्यवस्थापन गरिएको र बालमैत्री दिगोपनको लागि यस्ता अभियान हरु बेला बेलामा सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।।
यस्तै कार्यपालिका सदस्य नव कुमारी शर्माले बालबालिका आफै रोल मोडल हुनु पर्ने र सोही अनुसार कामहरु पनि गर्नको लागि अनुरोध गर्नु भयो, साथै बालबालिका लक्षित अभियानहरू मा सदैव सहयोग गर्ने उहाँले बताउनुभयो ।।
कार्यक्रममा वार्ड भित्रका विद्यालय स्तर बाल क्लव, समुदाय स्तर बाल क्लव र अन्य बालबालिका हरु गरी ६० जनाको सहभागिता रहेको थियो ।।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

