Rashtriya Dainik

नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष पदका लागि कुन पार्टीबाट कसकाे चर्चा…?

रन्जित शर्मा / नवलपरासी / १३ फाल्गुन।

सरकारले स्थानीय तह निर्वाचनका २०७९ वैशाख ३० गते देशभर एकै चरणमा गर्ने निर्णय गरेसंगै कुन पार्टीबाट काे उम्मेदवार बन्ने भन्ने चर्चाले तिव्रता पाएकाे छ ।

यस्तै नवलपरासीको विभिन्न पालिकाकाहरुमा पनि पछिल्लो समय चुनाव केन्द्रित भेटघाट र छ्लफलका गतिविधिहरुले तिब्रता पाएका छन् ।

यसैबीच पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकामा पनि स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरीक प्रचारबाजी शुरु गरेका छन् ।

आगामि स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट गाउँपालिका अध्यक्ष पदको उमेदवारका लागि वर्तमान कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरी तथा नेपाली कांग्रेस नवलपरासीका जिल्ला सचिव उमेश यादवको चर्चा रहेको पार्टी निकट स्रोतले जानकारी दिइएको छ।

त्यस्तै नेकपा एमाले तर्फबाट खेम नारायण चौधरी र तारा सिंह थापाको नाम चर्चामा रहेको छ भने नेकपा माओवादी केन्द्रबाट धीरज त्रिपाठी, दुधनाथ जयसवाल र कनैया जयसवालको नाम चर्चामा रहेको पार्टीको निकट स्रोतले जनाएको छ।

त्यसतै जसपाबाट राजेश कुमार चौधरी एवम् हृदेश त्रिपाठी निकट पार्टी जनता प्रगतिशील पार्टीबाट करमहुसेन अन्सारी र रामप्रित त्रिपाठीको नाम चर्चामा रहेको निकट श्रोतले जनाएको छ।

राजनीतिक दलहरुले स्थानीय तहका उम्मेदवार सिफारिसका लागि निश्चीत मापदण्ड तय गर्न नसकेको अवस्थामा अहिले जो कोहीले पनि आफ्नो आकांक्षा राख्नु स्वभाविक रहेको छ हाल माथिका नाम हाम्रो अगाडि अाइरहेकाे छ अन्य पनि आकांक्षी बढ्न सक्ने श्रोतले जनाएको छ।

त्यसैगरी राप्रपा,लोसपा,जनमत पार्टी ,नेकपा एकीकृत समाजवादीबाट गाउँपालिकामा हाल उम्मेदवारहरुको चर्चा भने कम देखिएको छ ।

प्रतापपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरीक प्रचारबाजी गरेपनि हाल पार्टीहरुले उम्मेदवारको अाैपचारिक घाेषणा भने गरेका छैनन् ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्नेहरुको पनि लहर चल्न थालेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित