उमेश बि.क / नवलपरासी , १३ फाल्गुन
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ४ नरसहियामा शीत भण्डार निर्माण भइरहेको छ।
पाँच सय मेट्रिक टन क्षमता भएको शीत भण्डार तिब्र गतिमा निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिनुभएको छ ।

सुस्ता गाउँपालिकाले आफ्नो लगानीसहित प्रदेश सरकारको सहयोगमा शित भण्डार खोल्न लागेको हो । ५ करोड लागतमा निर्माण हुने शीत भण्डारमा कृषकहरुले उब्जाएको तरकारी र फलफूल भण्डारण गर्न सकिने प्रशासकीय अधिकृत पाैडेलले बताउनु भएको हाे ।

कृषकहरुले बाली उब्जाएपनि राम्रो बजार पाउन नसक्दा समस्या भोग्नुपरिरहेको बताउँदै शितभण्डारले सहयोग पुग्ने पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनु भएको हाे । शीत भण्डार नभएको समयमा राम्रो बजार पाउन नसक्दा कृषि उब्जनी सडेर खेर जाँदा कृषकहरु पीडित बनिरहेको उल्लेख गरे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

