राष्ट्रिय दैनिक / नवलपरासी , १३ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ भुजहवामा मस्जिद भवन शिलान्यास गरिएको छ ।

मस्जिद निर्माण उपभोक्ता समिति अध्यक्ष साविद अलिकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा मस्जिद भवन शिलान्यास भएको हाे।

मस्जिद शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले मस्जिद निर्माण एक ठुलाे सामाजिक र धार्मिक काम भएकोले यसमा सरिक हुन पाउदा खुशि लागेको बताउनु भयो । अाफु हिन्दु धर्म सुवेच्छुक भएतापनि मुस्लिम धर्मावलम्बीको साेच र चाहना अाफ्नाे लागि ठुलो प्राथमिकताकाे विषय भएको बताउदै मस्जिद निर्माणले मुस्लिम र हिन्दुकाे सम्बन्ध थप प्रगाढ हुने विश्वास ब्यक्त गर्नुभएको थियाे । समग्र सरावलका जनताकाे लागि सन्तुलित बिकास बाटाेघाटाे ,शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटन , खेलकुद ,खानेपानी लगाएतकाे काम द्रुत गतिमा विकास भइरहेको कुरामा जाेड दिनुभएको थियाे । साथै सरावल गाउँपालिकाकाे विकासमा अाफु लागि परेकाे बताउनु भयाे।

कार्यक्रममा वडा नम्बर ६ काे वडा अध्यक्ष कैलास यादव , धार्मिक गुरु सैअत गुलाम सुसेन , नेपाली काङ्ग्रेसका नेता दिपक क्षेत्री पत्रकार उमेश बि.क लगाएतले नेपाल बहुजातीय , बहुभाषिक र बहु सांस्कृतिक देश भएकोले प्रत्येक ब्यक्ति एक अर्काकाे धर्म रितिरिवाज र संस्कृतिलाई सम्मान गर्दै हातेमालो गर्दै समाज विकासकाे काममा सरिक हुन अनुरोध समेत गरेका थिए ।

मस्जिद भवन सरावल गाउँपालिका र वडा कार्यालय गरी कुल २० लाखकाे लागतमा निर्माण हुने छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

