नवलपरासी – ६ कम्युनिष्ट पार्टी र दुई मोर्चा सम्मिलित एमसीसी खारेज संयुक्त संर्घष समितिले शुक्रवार पश्चिम नवलपरासीको पाँच स्थानमा कोणसभा गरेका छन् ।
नेकपा(क्रान्तिकारी माओवादी), विप्लव नेकपा, नेकपा(मसाल) राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसीसी बिरुद्ध कोणसभा गरेका हुन ।
संर्घष समितिले प्रतापपुरको बेलाटारी, सेमरी, गोपीगंज , बर्दघाट १२ भटौलिया र सरावलको पटखौलीबजारमा राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै कोणसभा गरेको क्रान्तिकारी माओवादीका नेता क्षेत्र बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
उनका अनुसार कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणी भण्डारी ,राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तिलक प्रसाद सुवेदी , नेकपा (मसाल)का जिल्ला प्रवक्ता धनपति सापकोटा र विप्लव नेकपाको नेता रामप्रितले सम्बोधन गर्नुभएको थियो ।
केन्द्रीय कार्यक्रम बमोजिम जिल्लाको सापेक्षतामा कार्यक्रम गरिएको एमसीसी खारेज संयुक्त संर्घष समितिले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

