Rashtriya Dainik

गंगा डिस्वामगरको खोजी गरीदिन परिवारको आग्रह ।

कृष्ण ढकाल
बर्दघाट,फागुन–१३
बर्दघाट नगरपालिका वडा नम्वर ११ ,मौराहटाँडी निवासी गंगा डिस्वामगर विगत एक महिना देखि सम्पर्क विहिन भएकी छन् । उनी आफ्नो माईत बर्दघाट–२,चिसापानी जानभनि घरवाट हिडेको एक महिना हुदा पनि घरपरिवार ,माईत र आफ्न्तहरु कसैसंग पनि सम्पर्कमा नआए पछि अहिले उनको खोजीकार्य गरीदिन भन्दै उनको परिवारले सबैसंग आग्रह गरेको छ ।

गंगाआफुले प्रयोग गर्ने मोवाईमा पनि सम्पर्क नभएको र उनले चलाउने फेसबुकमा पनि सम्पर्क हुन नसकेकोले आफुहरुले ईलाका प्रहरी कार्यालयमा खोजीकार्य गरीदिन भन्दै निवेदन दिन लगाएको गंगाका श्रीमानले बताउनु भएको छ ।

रोजगारीका सिलसिलामा विदेशमा रहेको बताउदै गंगाका श्रीमानले हामीलाई आफ्नी श्रीमतिको खोजीकार्य गरीदिन आग्रह गर्नु भएको थियो । विगत एक महिना देखि सम्पर्क विहिन बनेकी गंगाको खोजी कार्यका लागि गंगाको माईति पक्ष र आफुहरुले सबै आफन्तहरुकोमा खोजी गर्दा समेत सम्पर्कमा ल्याउन नसकेपछि प्रहरी र मिडियाको सहयोग लिन परेको गंगाका आफ्न्त राजु थापाले बताउनु भएको छ ।

विगत एक महिना देखि सम्पर्क विहिन भएकी गंगा डिस्वामगर लाई देख्नुहुने जोकोहि महानुभावहरुले नजिकको प्रहरी चौकी वा मो.न.ं ९८१८४५७०२४ मा खवर गरी सहयोग गर्नका लागि गंगाका आफ्न्त राजु थापाले आग्रह गर्नु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित