Rashtriya Dainik

नेपाली कांग्रेस कालिकामाईकाे सभापतिमा छठु साह निर्विराेध निर्वाचित

वीरगंज, १२ फागुन ।

नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाकाे सभापतिमा छठु साह निर्विराेध निर्वाचित भएका छन् । कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत बिहिबार सम्पन्न गाउँपालिका अधिवेशनबाट सभापतिमा साह निर्विराेध निर्वाचित भएका हुन् ।

गाउँपालिका समितिकाे उपसभापतिमा रजाक राउत गद्दी, माेलाजिम मियाँ मन्सुरी, सचिवमा महमद नाजिर हुेसन मुकेरी, रामानन्द ठाकुर लाेहार, सह सचिवमा हिरालाल राउत कुर्मी, जयबालक साह कानु निर्वाचित भएका छन् ।

यस्तै, समितिकाे सदस्यमा लिला श्रेष्ठ, महन्थ प्रसाद पटेल, सुरेन्द्र प्रसाद कुशवाहा, शिवदुलारी देवी साह, रामराज चाैरसिया, जयचन्द्र प्रसाद, धुनिया देवी, अनिल कुमार कण्ठ, सतानन्द मिश्र, भागमती देवी, शम्भु साह तेली, जयकिशुन राउत बरै, रीना देवी, अजय कुमार कलवार, रामन महताे केंवट, कान्ति देवी महरा, लालपरी देवी महरा, सदाम हुसेन, रामसागर बैठा, मजिद देवान, अमरुल आलम, शिवनारायण प्रसाद चाैरसिया, इब्राहिम मियाँ, वैधनाथ प्रसाद बरै र वीरेन्द्र प्रसाद बरै निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत लालदेव प्रसाद यादवले जानकारी दिए ।

गाउँपालिका सभापतिमा साह निर्वाचित भएपछि बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा पार्टीलाई बिजयी गराउने प्रतिबद्धता जनाए । उनले वडादेखी पालिका अध्यक्ष सम्मकाे सम्पूर्ण पदमा पार्टीकाे उम्मेदवारलाई विजयी गराउने वताए ।

पत्रकारिता र समाजिक क्षेत्रमा लामाे समय सम्म काम गरेका साह आफ्नाे मूल्यांकलन गरेर गाउँपालिका सभापतिकाे जिम्मेवारी दिएकाेमा सम्पूर्ण पार्टी पंक्तिलाई धन्यावाद तथा अभार समेत प्रकट गरे ।

गाउँपालिका पार्टी कार्यालय मुडलीमा भएकाे अधिवेशनमा सभापतिमा निर्वाचित अध्यक्ष साहसहित गाउँपालिका समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि पंचानन्द मिश्रा, रामप्रसाद चाैहान, स्थानिय नेता अजय पटेल, संजय साह, वडा सभापतिहरु नेजामुदिन मियाँ, सिकेन्द्र देवान, रामशिष चाैरसिया, अमिरका ठाकुर लागयतकाले फुल माला र अविरकाे टिका लगायर बधाई तथा शुभकामना दिएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित