Rashtriya Dainik

भाेलिबाट बर्दघाट औद्योगिक व्यापार मेला सुरु , सम्पुर्ण तयारी पुरा

राष्ट्रिय दैनिक / नवलपरासी , १२ फाल्गुन
पश्चिम नवलपरासीको बर्दघाटमा भाेलिदेखि औद्योगिक व्यापार मेला सुरु हुने भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट नगरपालिका–४ बर्दघाट मण्डपमा ‘कला, संस्कृति, उद्योग र व्यापार समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित बर्दघाटमा सञ्चालन हुन लागेको छ। पाँचौं बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको सम्पुर्ण तयारी पुरा भइसकेको अायाेजकले जानकारी दिइएको छ ।

बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट नगरपालिका–४ बर्दघाट मण्डपमा फागुन १३ गतेबाट सुुरु हुने मेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् । स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहने सो ब्यापार मेलाको फाल्गनु १३ गते शुक्रबारका दिन लुम्बिनी प्रदेशका प्रदेश सासंद दिपेन्द्र कुमार अधिकारीले समुद्घाटन गर्नुहुने भएको छ । कृषिलाई प्राथमिकता दिइएको मेलामा कृषि र महिला उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ ।


यस्तै संघमा आवद्ध उद्योगी व्यवसायीलाई स्टल भाडामा ५० प्रतिशत छुट गरिएको छ । मेलाको लागि सचिवालय, स्टलहरू, बाल उद्यान लगायतका निर्माणका सबै पुरा भएको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए । मेला सम्पन्न गर्न डेढ दर्जन उपसमिति बनाएर काम तीव्र बनाइएको उनले बताउनुभयो ।


व्यापार मेलामा जिल्लाका पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले डकुमेन्ट्री प्रदर्शन एवं कला संस्कृति,परम्पराको संरक्षणसमेत गर्ने उद्देश्यले मगर, थारु, नेवारलगायत जातिका परम्परागत घर र खानाका परिकारहरू पनि रहने कृषि, पर्यटन तथा संस्कृति व्यवस्थापन उपसमिति संयोजक गंगाप्रसाद पाठकले बताउनुभयो । मेला अवधिभर दर्शकलाई मनोरन्जन दिलाउन लोक दोहोरी, आधुनिक र हाँस्य विधाका राष्ट्रिय र स्थानीय गरी ८५ जना भन्दा बढी चर्चित कलाकारहरूको प्रस्तुतिसँगै बर्दघाट डान्स आइडल र टिकटक प्रतियोगिता आकर्षणको रुपमा रहने सांस्कृतिक उपसमिति संयोजक खुमन बस्यालले बताउनुभयो । फागुन २५ गतेसम्म चल्ने व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित