Rashtriya Dainik

भौतिक पूर्वाधार मंत्री यादवले गरे अल अनजीको बिदाई

कपिलवस्तु, फागुन १२

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफिया झण्डानगर तथा आइशा गर्ल्स कालेजले मंगलवार शैक्षिक गुणस्तर अवलोकन कार्यक्रममा सहभागी हुन आएका साउदी अरब शिक्षा विभागका शैख बदरबिन नासिर अल अनजी ले कार्यक्रमलाई सम्बोधन गरि कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा पुस्तकालयमा निरिक्षण गर्दै
कृष्णनगर नगरपालिका वडा नं १ राष्ट्रीय मदरसा संघको कार्यालयमा समेत अवलोकन गरि चन्द्रौटामा रहेका मदरसाहरूको अवलोकन गरि बुद्धवारका दिन गौतमबुद्ध अन्तर्राष्ट्रीय विमानस्थल भैरहवा देखि काठमाडौं भारतको दिल्ली पुगेका राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहूद खां नेपाली ले बताएका छन् l

अल अनजी लाई भैरहवा विमानस्थलमा बुधवार बिदाई गर्ने क्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मंत्री सहसराम यादव, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी लगायतले बिदाई गरेका थिए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित